अभिनेता पल शाहविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौ । जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
उमेर नपुगेकी किशोरीलाई यौन शोषण गरेको उजुरीका आधारमा तनहुँ प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएर शाहविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पूर्जी तनहुँबाट परिपत्र भएर आइपुगेको र शाहलाई नियन्त्रणमा लिएर तनहुँ पठाइने जानकारी दिएको छ । अहिले शाहको खोजी भइरहेको छ ।
शाहविरुद्ध पीडितका आफन्त प्रहरी कार्यालय पुगेर बुधबार दिउँसो उजुरी दर्ता गराएका थिए ।
पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर विभिन्न ठाउँमा पटक–पटक जबर्जस्तीकरणी गरेको उजुरीपत्रमा आरोप लगाइएको छ ।
मुलुकी अपराध संहिताअन्तर्गत १८ वर्ष उमेर नपुगेकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखेमा पनि जबर्जस्तीकरणी नै मानिन्छ । उक्त कसुरमा बढीमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
४ बर्षभन्दा बढी जेल सजाय हुने कसुरमा फक्राउ परेमा थुनामा नै राखेर अदालतको फैसला पर्खिनुपर्नेछ । यसर्थ पल अहिले पक्राउ परे भने अदालतले मुद्धा किनारा नलगाएसम्मपनि जेलमा नै बस्नुपर्नेहुनेछ ।