Welcome to the complete news site

अफगानिस्तानबाट थप ९ नेपाली काठमाडौँमा

0 10

काठमाडौं-अफगानिस्तानबाट नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका नौ जना आज काठमाडौँ आइपुगेका बताएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ८४७ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेका पनि मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । आगमनपछि उनीहरूलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ ।