Welcome to the complete news site

अपाङ्गता भएका महिलालाई आघात व्यवस्थापन सम्बन्धि ट्रमा काउन्सेलिङ तालिम

0 59

नेपाल अपाङ्ग महिला संघको आयोजनामा पोखरामा अपाङ्गता भएका महिला, बालिका विरुद्ध हुने लैगिङ्ग हिंसा र आघात व्यवस्थापन सम्बन्धि ५ दिने ट्रमा काउन्सेलिङ तालिम शुरु भएको छ।

विभिन्न परिस्थितिका कारणा अपाङ्गता हुन पुगेका व्यक्ति र उनीहरुले भोग्नु परेको विभेद हिंसा र त्यसबाट उत्पन्न हुने मानसिक स्वास्थ्य समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित हुने तालिमका सहजकर्ता कञ्चन रावतले जानकारी दिए। उनले भने “जीवन सधै सोचे जस्तो हुँदैन, सोच्दै नसोचेका कतिपय घटना दुर्घटनाले मानिसको जीवनले फरक मोड लिन्छ, त्यसलाई स्विकार्न मानिसलाई निकै गाह्रो हुन्छ मानसिक समस्याहरु देखिन्छन् ” उनले पाँच दिवसीय बन्द सत्रको तालिमबाट विभिन्न मोडहरुमा रहेर जीवन भोगीरहेका अपाङ्गता भएका महिलालाई उदासी र नैराश्यताबाट टाढा रहेर कसरी सकारात्मक रुपमा सार्थक जीवन जिउने भन्ने विषयमा तालिम प्रदान गरिने बताए।
सेवाग्राहीहरुको प्रारम्भिक अवस्थाको मनोविज्ञान अध्ययन गरेर सेवा प्रदायकहरुले सोही आधारमा प्रभावकारी सेवा प्रदान गर्न सक्ने व्यवहारिक पक्षहरुलाई तालिममा समावेश गरिएको रावत बताए।

नेपाल अपाङ्गता महिला संघको अध्यक्ष टीका दाहालले अपाङ्गता भएकाहरु प्रति समाज अझै पनि सकारात्मक हुन नसकेको बताए । उनले प्रदेशका कास्की, तनहुँ, म्याग्दी, गोर्खा जिल्लाका अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात व्यवस्थापन र मनोपरामर्श सम्बन्धि तालिम प्रदान गरेर उनीहरुको पीडालाई कम गर्ने तालिम उद्देश्य रहेको जानकारी दिए। नेपालमा भुकम्प र कोभिड पछाडि मानसिक स्वास्थ्यमा धेरै समस्याहरु देखिएको र यसलाई अझै पनि समाजले समस्याको रुपमा लिन नसक्दा विकराल रुप लिदै गएको उनको भनाइ थियो।

उनले सेवालाई पहुँचयुक्तता र समावेशि सवालसँगै आफ्नो अधिकारको उपभोग विषयमा पनि तालिम प्रभावकारी हुने धारणा राखे।तालिममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका सदस्य लोचना अधिकारीले समाजमा अपाङ्गता भएका महिलाले विभिन्न खाले हिंसा भोगिरहेको तर त्यसलाई बाहिर ल्याउन सहज बातावरण नहुँदा पीडा लिएर बाँच्न बाध्य भएको बताए। तालिममा प्रदेशमा चार जिल्लाका ३० जनाको सहभागिता रहेको संघका गण्डकी प्रदेशका फोकल पर्सन गंगा देवकोटाले जानकारी दिए।