Welcome to the complete news site

अझै ३ दिन भारी वर्षा हुने

0 44

पोखरा । मौसम पूर्वानुमान महाशाखाले अझै ३ दिन भारी वर्षा हुने जनाएको छ । अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाकी प्रदेशका केही स्थानमा वर्षा भईरहेको छ । बिहीबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र सुदूर–पश्चिम प्रदेशमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ । शनिबार देशभर सामान्य भई सुदुरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । वर्षा भइरहेको स्थानमा जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।